झापा जिल्लाको परिचय

झापा जिल्ला नेपालको प्रदेश नं १ मा रहेको अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराईमा पर्दछ । विसं २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या ८१,२६५० रहेको छ । यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. रहेको छ । यो जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गाल सँग सिमाना छुट्याएको तथा यस जिल्लाको दक्षिणमा भारतको बिहार राज्य रहेको छ। यसको उत्तरमा इलाम तथा पश्चिममा मोरङ जिल्ला रहेका छन् । समुन्द्रि सतहवाट नेपालको सबभन्दा होचो भू-भाग केचनाकवल-५८ मी. र नेपालको सबभन्दा लामो पक्की पुल कनकाई नदिमा ७०२ मी. पनि यसै जिल्लामा पर्दछन्। यहाँका प्रमुख व्यापारिक सहरहरू बिर्तामोड नगरपालिका, दमक नगरपालिका र  काकरभिट्टा हुन् । यस जिल्लाका प्रसिद्ध  पर्यटकीय एवं तीर्थस्थलहरूमा कनकाई धाम कोटीहोम, अर्जुनधारा जलेश्वर धाम, जामुनखाडी सिमसार क्षेत्र, किच्चक वध, केचनाकवल, सतासीधाम आदि पर्दछन् । झापाका प्रमुख नदीहरुमा कनकाई नदी, बिरिङ नदी,  रतुवा नदी,  मावा नदी, र मेची नदी रहेका छन् ।

थप जानकारी

शैलेश पोखरेल

डिभिजन प्रमूख

सूचना अधिकारी

अजय कुमार मणडल

सूचना अधिकारी, इन्जिनियर, (अधिकृत आठौ)

फोन: 977-23-455628
मोबाइल: 9852656285
jhapa.irrigation@gmail.com